अभिनेत्री नीता ढुङ्गानाले आज आफ्नो जन्मदिन मनाउँदै छिन् । जन्मदिनको अवसरमा नीताले आफ्नै प्रोडक्शन हाउसबाट निर्माण गर्ने भनेको ‘श्रीमद्भागवत गीता’ नामको वेब सिरिज आफै निर्देशन गर्ने घोषणा गरेकी छिन् । नीताले केही दिन अगाडि ‘श्रीमद्भागवत गीता’ नाममा वेब सिरिज बनाउने घोषणा गरेकी थिइन् । युट्युब र टेलिभिजनमा प्रसारण हुने सिरिज करिब ४० भागको हुने छ । आफ्नो जन्मदिनमा वेब सिरिज निर्माण गर्ने औपचारिक घोषणाका साथमा आफै निर्देशन गर्ने नीताले बताएकी हुन् । सिरिजमा रामजी लामिछानेको कोरियोग्राफी, वनिष शाहको सम्पादन, सञ्जय लामाको छायाङ्कन रहनेछ । नीता आफैले निर्माण गर्ने सिरिजले अर्जुन र कृष्णको संवाद प्रस्तुत गर्नेछ । नीताले सिरिज निर्माणका लागि २ करोड बजेट लाग्ने र सिरिजबाट आएको नाफाको ७० प्रतिशत सामाजिक काममा खर्च गर्ने बताएकी छिन् । सिरिजको लागी सेट निर्माण गर्न समय लाग्ने भएकाले अबको दुई महिना पछि मात्र फ्लोरमा जानेनीता बताउँछिन् । नीताले यसमा कोको कलाकार रहनेछन् भन्ने सार्वजनिक गरेकी छैनन् ।